smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मधेसमा चुनावी सुरक्षा कडा, ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
मधेसमा चुनावी सुरक्षा कडा, ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सुनसरी । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडाइका साथ मिलाइएको छ। प्रदेशभर तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गरिने मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेशका आठ जिल्लामा रहेका २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्रमध्ये ठूलो सङ्ख्या सुरक्षा दृष्टिले चुनौतीपूर्ण मानिएका छन्। प्रहरीका अनुसार १,२३७ मतदानस्थल र २,६१३ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन्। त्यसैगरी ७६३ मतदानस्थल र १,५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदानस्थल र ३०४ मतदान केन्द्र सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

सुरक्षाको दृष्टिले सप्तरी जिल्ला सबैभन्दा संवेदनशील देखिएको छ। सप्तरीका २९६ मतदानस्थलमध्ये २०९ स्थल ‘रेड जोन’ मा राखिएका छन्। त्यसपछि धनुषाका १९४, सिरहाका १५४, बाराका १५४, महोत्तरीका १६३, सर्लाहीका १५८ र रौतहटका १५२ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्। संवेदनशील मतदानस्थलको सङ्ख्या सर्लाहीमा सबैभन्दा बढी १३१ रहेको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार मतदाताको चाप, सामाजिक–सांस्कृतिक बनावट, विगतका चुनावी घटनाक्रम, भौगोलिक अवस्था र राजनीतिक गतिविधिलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो। करिब ४६४ किलोमिटर लामो खुला सीमाका कारण अवैध प्रवेश, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ।

यस्ता जोखिमलाई ध्यानमा राख्दै अति संवेदनशील मतदानस्थलमा सुरक्षा सक्रियता थप सुदृढ बनाइएको डीआईजी थपलियाले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीका १२ हजार ६०० र २८ हजार २९५ म्यादी प्रहरी परिचालन गरिनेछ। सुरक्षा घेरालाई मजबुत बनाउन सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन हुनेछ।

यसैबीच, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका डीआईजी कृष्ण ढकालले प्रदेशका आठै जिल्लामा ४,३३६ सशस्त्र प्रहरी र २,८३२ म्यादी प्रहरी तयारी अवस्थामा राखिएको बताए। सशस्त्र प्रहरीले मुख्य निर्वाचन अधिकृत कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत सुरक्षा व्यवस्थापन गरिरहेको जनाएको छ।

धनुषा र महोत्तरी भारतको बिहार राज्यसँग जोडिएको खुला सीमाका कारण विशेष निगरानीमा छन्। महोत्तरीका २९८ मतदानस्थलमध्ये १६३ अति संवेदनशील, ८९ संवेदनशील र बाँकी सामान्य श्रेणीमा राखिएका छन्। धनुषामा भने ३२२ मतदानस्थलमध्ये १९४ अति संवेदनशील, १०६ संवेदनशील र २२ सामान्य श्रेणीमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आन्तरिक सुरक्षा व्यवस्था चुस्त रहेको दाबी गर्दै खुला सीमाको सामाजिक–सांस्कृतिक विशेषताबीच पनि निर्वाचनको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए। उनका अनुसार सीमा सुरक्षा चुनौतीबारे भारतको सीतामढी जिल्लाका सुरक्षा निकायसँग चन्द्रनिगाहपुरमा समन्वय बैठक सम्पन्न भइसकेको छ। त्यस्तै धनुषामा मधुवनी जिल्लासँग फागुन ९ गते जनकपुरमा सीमा सुरक्षा बैठकको तयारी भइरहेको छ।

प्रदेशभर तीनवटै सुरक्षा निकायबाट ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज परिचालन गरिने तयारी गरिएको छ। नेपाल प्रहरी र म्यादी प्रहरीबाट करिब ४० हजार, सशस्त्र प्रहरी बलबाट करिब १० हजार तथा आवश्यकताअनुसार नेपाली सेनासमेत परिचालन गरिने डीआईजी थपलियाले जानकारी दिए। सुरक्षा निकायले यसले निर्वाचनलाई सुरक्षित, विश्वसनीय र शान्तिपूर्ण बनाउने विश्वास व्यक्त गरेका छन्।

 

Tags: चुनावीपरिचालनमधेससुरक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana