smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

धरानबाट संघीय राजनीति तर्फ साम्पाङको छलाङ, सुनसरी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
धरानबाट संघीय राजनीति तर्फ साम्पाङको छलाङ, सुनसरी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। दुई दिनअघि धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका साम्पाङले मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

समर्थकहरूको उल्लेख्य उपस्थितिसहित आयोगको कार्यालय पुगेका साम्पाङको उम्मेदवारी दर्तालाई चुनावी शक्तिप्रदर्शनका रूपमा हेरिएको छ। धरानको नेतृत्व सम्हाल्दै फरक शैली र स्पष्ट निर्णयका कारण चर्चामा रहेका साम्पाङ अब संघीय राजनीतिको केन्द्रमा पुग्ने तयारीमा देखिएका छन्।

मनोनयनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले आफू सांसद बन्ने मात्र नभई संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढेको दाबी गरे। उनले देशमा श्रम, संस्कृति र आत्मनिर्भरताको राजनीति आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनको सुरुवात संघीय तहबाट हुने बताए।

साम्पाङको उम्मेदवारीसँगै सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

 

Tags: धरानराजनीतिसाम्पाङसुनसरी–१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana